निरन्तर बढेको सेयर बजारमा ‘ब्रेक’, २७०० बिन्दुमा पुगेर फर्कियो नेप्से परिसूचक

  २०७८ पुष २१ गते १५:१७     विकासन्युज

काठमाडौं । गत एक सातादेखि निरन्तर उकालो लागेको सेयर बजारमा ‘ब्रेक’ लागेको छ । गत पुस १४ गतेदेखि निरन्तर उकालो लागेको परिसूचक आज (पुस २१ गते) दोहोरो अंकले ओरालो लागेको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७५ अंकले घटेर २६४९.२० बिन्दुमा झरेको छ । सो दिनको कारोबारमा परिसूचक बढेर अधिकतम २७००.२९ बिन्दुसम्म पुगेर फर्किएको हो । जुन गत मंसिर ९ गते यताकै उच्च बिन्दु थियो । गत मंसिर ९ गतेको बजारमा नेप्से परिसूचक २७३१.७८ बिन्दुमा पुगेको थियो ।

परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ३२ करोडको सेयर कारोबार भएको बजारमा बुधबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टस्को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता १५२३ रुपैयाँ पुगेको छ ।

बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ । कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १९.४० रुपैयाँले बढेको हो ।

यता विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात ४.५५ प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले घटेर प्रतिकित्ता १३२२ रुपैयाँमा झरेको छ ।

बुधबार फाइनान्स र हाइड्रोपावर समूह बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.