मेहनत पछिको सफलता हो जीवन

  २०७८ पुष २१ गते १३:००     हरिकृष्ण जोशी

विचित्रको छ समाज । कसैलाई धनको लोभ छ । कसैलाई पदको लोभ छ । कसैलाई अर्नौठौ सोख छ । म नजिक बसेर हेरिरहेको छु । कसैले मलाई माया गर्छन्, कसैले घृणा गर्छन्, कसैले सल्लाह दिन्छन् यसो गर र त्यसो गर भनेर, कोहि बिचरा यसको जिन्दगी भन्ने पनि छन् र कोही मेरै जिन्दगी देखेर जल्नेहरु पनि छन् । यो सामान्य मेरो जीन्दगी होईन म जस्ता आम मान्छेको जिन्दगीमा यस्ता मानिसहरु फेला परिरहन्छन् र यिनीहरुकै बिचमा जिबनलाई सहज किसिमले अगाडी बढाउनु छ ।

अथाहा सम्भावनाकाबीच जिवन विताईरहेका हामी सम्भावनालाई पनि शंकाको रुपमा लिएर जीवन गन्तव्यहिन बनाईरहेका छौं । कतिपयले आफनो जीवनमा खाली निराशा मात्र देखेर आत्महत्या तिर लम्कीरहेका छन्, कोही जीन्दगीमा केही गर्न सकिएन भनेर अरुलाई सुनाईरहका छन् भने कोही कुहिरोको कागजस्तो हराईरहेका छन् । र, अझ भनौं आउने पुस्ताहरुलाई जीवनको नकारात्मक कुराहरु उनीहरुको मानस पटलमा भरिदीएका छौ ।

मन सबैको छ, पीडा सबैका छ, दुःख सबैलाई छ,आशु सबैका बग्छन् तर आफ्नो मात्र देख्ने र म मात्रै अभागी रहेछु भनेर अरुलाई नहेरी जीवनदेखि हार मान्नु र दुःख पीडा पर्ने बित्तिकै तुरुन्तै निर्णय लिएर आफुलाई बर्बादी तिर धकेल्नु कदापी राम्रो होईन । द्रब्यसँग बिकाउ जमात छ सजिलो छैन जीवन जिउनलाई तर बिकल्प भने धेरै छन् त्यही बिकल्प जसले खोज्छ उ नै असली जिबन जिउनका लागी पहिलो हकदार हुन्छ । खुट्टा भएर पनि हिड्नलाई अरुले जोड दिनु पर्दछ भने आत्मबल र आत्मबिस्वासको कमि रहेको बुझ्नु पर्दछ । आफ्ना सोच बिचार र व्यवहार आफैमा लागु गर्न सकिएन भने जीवन जिउनुको कुनै अर्थ रहदैन ।

उदाहरणको लागी तपाई एउटा जेलमा गएर जेलमा बसेकाहरुलाई सोध्नुहोस् । त्यहा बस्ने प्राय जसो व्यक्तिहरूको भनाई मलाई फसाईयो, मेरो केही गल्ति छैन, उनीहरु सबै मिलि म माथी आक्रमण गरे, मैले मान्छे चिन्न गल्ती गरे, म सिधा भएको कारण मलाई फसाईयो भन्ने जस्ता जबाफ सुन्न पाईन्छ र यो जबाफ सुने पछि यस्ता निर्दोष व्यक्तिहरु एकै ठाउमा भेट्न कहाँ पाईन्छ र जस्तो हुन्छ । हो मानिस पनि त्यही मैले त गर्न खोजेकै थिएँ, घर परिवारले साथ दिएन,आर्थिक अभाव भयो भगवान पनि मेरो बिरुद्धमा लागे जस्तो भयो भन्ने जस्ता कुराहरु सुन्न पाईन्छ । के यी नै कारण हुन् त हामी सफल नहुनु र जिन्दगीबाट हार खानुमा रु कदापी होईन । आफ्ना बाबुआमाको हत्या आफै गर्ने अनि हो म टुहुरो हु मलाई माफी दिनुहोस् भन्न मिल्दैन । उखानै छ नी नक्कलमा पनि अक्कल चाहिन्छ अर्काको देखेर रिस र डाहले केही हुँदैन आफ्नै मेहनत र परिश्रममा भर गर्नुपर्दछ । जीवन थाक्नको लागी होईन त्यही थकाईकै बिचमा कामलाई निरन्तरता दिई विजय प्राप्त गर्नुनै जीवन हो ।

सपनाले मात्र जीवन चल्दैन । सपना नदेख्ने मान्छे त हाम्रा वरीपरी नै छैनन् । सबैले आ(आफनै इच्छा चाहाना अनुसार नै सपना देखिरहेका हुन्छन् । सपना पुरा गर्न सपनाको बाटोमा पनि हिडनु पर्दछ सपनासँगै कामको शुरुवात नगर्ने हो भने सपनाको कुनै अर्थ छैन । तसर्थ जे देख्नु हुन्छ, जे सोच्नुहुन्छ शुरु गर्ने सबैभन्दा राम्रो साईत आजै र अहिलेनै हो भनि शुरु गर्नुहोस् । आफ्नो भगवान आफै हो शक्ति कतै बाहिर लुकेर बसेको हुँदैन साईत पर्ने बित्तिकै दौडिएर आउने खालको । संसार तयार छ परिवर्तनको लागी मात्रै अब तपाई तयार हुनुहोस् । सुख, दुःख, घामपानी, पीडा, तनाब जीवनमा आईनै पर्दछन् तसर्थ शिखर चढने लक्ष्य लिएको मानिस लडे पनि अघि बढ्छ । हो, तपाई पनि त्यही मानिस हो, जोसँग सपनासँगसँगै सपनालाई पछ्याउने आट र अठोट छ । त्यसैले सपनालाई पुरा गर्न कर्म गरि जीवनलाई आनन्द तुल्य बनाउनुहोस् ।

बैंकर

One comment on "मेहनत पछिको सफलता हो जीवन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.