नारायणहिटीमा रेष्टुरेन्ट सञ्चालनमा आरोप लगाउनेलाई पुष्टि गरेर देखाउन योगेशको चुनौती

  २०७८ पुष २१ गते १२:०७     विकासन्युज

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनमा आप्नो कुनै भूमिका नभएको योगेशकुमार भट्टराईले बताएका छन् ।
दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनको अनुमतिको विषय विवादमा आएपछि मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका भट्टराईले खण्ड्न गर्दै आप्नो पालामा सो निर्णय नभएको दाबी गरेका हुन् ।

उनले आफू पर्यटनमन्त्री हुनुअघि नै नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउसको पूर्वाधार बनिसकेको पनि बताएका छन् ।
‘नारायणहिटी दरबार सङ्ग्रहालयबारे सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु’, उनले भनेका छन्, ‘त्यसबारेको कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछ ु। आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवाफदेहीता नरहने स्वतः स्पस्ट छ,’ उनले लेखेका छन् ।

बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु । स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।

नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले कफी हाउससहितको रेष्टुराँ चलाउन लागेपछि त्यसको चर्को विरोध भएको थियो।
त्यो कफी हाउस तथा रेष्टुराँ पर्यटन मन्त्री प्रेम आलेले चलाउन नदिन मंगलबार मौखिक निर्देशन दिएका छन् ।

पूर्वमन्त्रीले आप्नो संग्लनता नभएको भनेतापनि उनी मन्त्री भएकै समय अर्थात २०७७ को साउनमा दरबारमा रेष्टुरेन्ट सञ्चालन गर्नभन्दै बोलपत्र आह्वान गरिएको थियो । पहिलो पटक आह्वान गरिएको बोलपत्रमा कुनै पनि निवेदन नपरेको भन्दै दोस्रो बोलपत्र आह्वान हुँदा उनी नै पर्यटनमन्त्री रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.