दोलखाको भिमेश्वरमा निःशुल्क स्वास्थ्य शिविर, ३ दिनसम्म चल्ने

  २०७८ पुष २० गते १४:२३     विकासन्युज

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकामा निःशुल्क स्वास्थ शिविर संचालन गरिएको छ । सत्याग्रह साप्ताहिक पत्रिका र भिमेश्वर नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ शिविस संचालन गरिएको हो । शिविरको लागि आवश्यक स्वास्थ्य सेवा काठमाडौं मेडिकल कलेजले व्यवस्थापन गरेको छ ।

दोलखाको स्थानीयको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उदेश्यले शिविर आयोजना गरिएको सत्याग्रह साप्ताहिकका प्रधान सम्पादक सिताराम ढुंगेलले जानकारी दिए । शिविस पुस २१ गतेदेखि २३ गतेसम्म संचालन हुनेछ ।

काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ शिविर संचालन गरेको हो । शिविर विहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म संचालन हुनेछ ।

शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, ईसीजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, युएसजी, हेपाटाइटिस, सुगर, पिसाब परीक्षण, युरिक एसिड, रक्त समूह पहिचान, गर्वावस्था परीक्षण लगायतका सेवा उपलब्ध हुने जनाइएको छ । यी सबै सेवा निःशुल्क पाइने आयोजकले जानकारी दिएको छ ।

शिविर संचालनको लागि डाक्टर, नर्स र ल्याब टेक्नेसियन गरी ३५ जनाको टोली काठमाडौ मेडिकल कलेजबाट खटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.