कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित 

  २०७८ पुष २० गते १७:५२     विकासन्युज

काठमाडौं । सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘बुस्टर’ डोज खोप अभियान स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पौष १९ गते केही लक्षित वर्गका लागि कोभिड १९ को खोप थप दिनको लागि जारी भएको सूचना अनुसारको कार्यक्रम हाललाई स्थगित गर्छौं । सबै नागरिकलाई कोभिड १९ विरुद्धको पुरा मात्रा खोप चाडै उपलब्ध गराउन महत्वपुर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा संचालन गर्न आवश्यक छ । त्यसैले थप प्राविधिक विषय तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने तयारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.