नेपाल एसबिआई बैंकको सभाले पारित गर्यो लाभांश, संचालकमा उप्रेती निर्विरोध

  २०७८ पुष २० गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २० गते सम्पन्न बैंकको २८औँ वार्षिक साधारण सभाले प्रस्तावित ५.३१ प्रतिशत लाभांश पारित गरेको हो ।

यससँगै बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०७८/७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको हो । सभाले बैंकको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.