६३ अंकले बढ्यो नेप्से, एनबी बैंकको उच्च कारोबार, ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि

  २०७८ पुष २० गते १५:२९     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । बजारमा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढी हो ।

दिनभरको कारोबारमा ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । सोमबारको बजारमा भने ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार सबैभन्दा बढी नेपाल बङ्गलादेश (एनबी) बैंकको सेयर कारोबार भएको छ । नबिल बैंकसँग मर्जमा जाने हल्लासँगै बैंकको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन् । बैंकको एकैदिन १४ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ७.४० रुपैयाँले बढेर प्रतिकित्ता ४०५.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, नबिल बैंकको पनि १३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो उच्च कारोबार भएको बैंकको सेयर मूल्य भने १८ रुपैयाँले घटेर १११९ रुपैयाँमा झरेको छ ।

मंगलबार ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १०र१० प्रतिशतले बढेको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.७२ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ९.४३ प्रतिशतले बढेको छ ।

बजारमा उत्पादनमूलक र अन्य समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । यी दुई समूह क्रमशः ०.५९ र ०.३४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.