पौष २३ गतेदेखि नेपाल इन्टरनेशनल फर्निचर एक्सपो हुँदै

  २०७८ पुष २० गते १३:०७     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा सातौं नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो हुन् भएको छ ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा उक्त एक्सपो गर्न लागेको हो । उक्त एक्सपो पौष २३, २४ र २५ गते हुने आयोजकले जनाएको छ ।

आयोजकको अनुसार उक्त प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका स्टल रहने छन् ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरु ले काठ ब्यबसाय संग सम्बन्धित उत्पादन हरु को बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ६ वर्ष देखी संचालन हुँदै आइरहेको छ ।

One comment on "पौष २३ गतेदेखि नेपाल इन्टरनेशनल फर्निचर एक्सपो हुँदै"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.