भगवती हाइड्रोपावरले १४ लाख ३० हजार कित्ता सेयर जारी गर्ने

  २०७८ पुष १९ गते १५:५२     विकासन्युज

काठमाडाैं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १४ करोड बराबरको सेयर निष्काशन गर्न लागेकाे जनाएकाे छ ।

कम्पनीले यसकाे लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र सिद्धाथ क्यापिटलको तर्फबाट चन्दन कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.