वाणिज्य बैंक र लघुवित्तसहित ६ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

  २०७८ पुष १९ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस १९ गते एकैदिन दुई वाणिज्य बैंक, दुई लघुवित्त, एक फाइनान्स र एक हाइड्रो कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

दुई वाणिज्य बैंक सेञ्चुरी कमर्शियल र हिमालयन बैंकको पनि बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । जसमध्ये सेञ्चुरी बैंकको ५.७५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजित मूल्य पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हिमालयन बैंकको पनि २१.३८ प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३९८.७५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, लघुवित्त समूह अन्तर्गतको मिर्मिरे लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । जसमध्ये मिर्मिरेको २० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । र, मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२९५.८३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी मिथिला लघुवित्तको २५ प्रतिशत बोनस सेयरको लाग मूल्य समायोजन भएको हो । आइतबार प्रतिकित्ता १९५९ रुपैयाँमा सेयर कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १५६७.२० रुपैयाँ कायम भएको छ ।

प्रोगेसिभ फाइनान्सको पनि ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । संस्थाको समायोजित मूल्य प्रतिकित्ता ३३१.६८ रुपैयाँ कायम भएको छ ।

उता कालिका पावर कम्पनीको समायोजित मूल्य प्रतिकित्ता ४५०.४३ रुपैयाँ छ । कम्पनीले पनि सेयरधनीलाई १५ प्रतिशत बोनस प्रस्ताव गरेसँगै उक्त बोनसको लागि मूल्य समायोजन भएको हो ।

यससँगै, पुस १९ गतेको सेयर कारोबारमा हिमालयन बैंकबाहेक अन्य कम्पनीको पहिलो कारोबार समायोजित मूल्यलाई आधार मानेर भएको छ । र, अबको कारोबारमा यी ६ वटै कम्पनीको सेयर किन्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.