नेपाल बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषका श्रेष्ठ नियुक्त

  २०७८ पुष १६ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भई आएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

यसअघि बैंकको सञ्चालकमा कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए । उनको अवकाश भएसँगै बैंकले सोही स्थानमा कोषका रोचन श्रेष्ठलाई नियुक्त गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.