४५५ कम्पनीको ट्रेडमार्क डिजाइन सार्वजनिक, ९० दिनभित्र दावी विरोध गर्न सकिने

  २०७८ पुष १४ गते ११:४३     विकासन्युज

काठमाडौं । उद्योग विभागले ४ सय ५५ कम्पनीहरुको ट्रेडमार्क डिजाइन सार्वजनिक गरेको छ । ट्रेडमार्कका लागि आएका निवेदन अुनसार विभागले पेटेण्ड, डिजायन र ट्रेडमार्क ऐनअनुसार दर्ता भएका ट्रेडमार्क डिजाइनको प्रयोजनार्थ दावी विरोधका लागि सूचना प्रकाशन गरिएको जनाएकोे छ ।

सार्वजनिक गरिएको सूचना अनुसार प्रकाशित ट्रेडमार्कहरुको दर्ता सम्बन्धमा कुनै दाबी विरोध भए आप्नो आधार प्रमाण समेत संलग्न राखी ९० दिनभित्र विभागमा उजुरी दर्ता गराउनु पर्छ । ९० दिनभित्र कुनै उजुरी नपरे उक्त ट्रेडमार्क दर्ता हुने समेत जनाईएको छ ।

चोरी गरिएको डिजाइन, रंग तथा शब्द उस्तै पर्न जानेहुँदा विभागमा दर्ता भएका डिजाइनहरुका बारेमा ३५ दिनभित्र उजुरी दिन मिल्छ । बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना उत्पादन अनुसारको ट्रेडमार्क डिजाइन दर्ता गर्ने गरेको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको उद्योगिक वुलेटीनमा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको खेती शक्ति मल, डिएस फेसबुक सोप, सूर्य नेपालकोे तीर गृहणी मैन सलाइ लगायतका कम्पनीहरु रहेका छन् ।

निवेदकको मागमा कसैको दाबी विरोध भएन भने कम्पनीले निश्चित समय पछि ट्रेडमार्क, पेटेन्ट र डिजाइन निश्चित गरिदिन्छ । पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार कुनै पनि कम्पनीको स्वीकृति नलिई लोगोमात्रै उसको बनाएर वस्तु उत्पादन गर्न पाइँदैन । यस्तो गर्नु भनेको पेटेन्टको चोरी गर्नु हो र यसो गरिएको खण्डमा बढीमा एक लाखसम्म जरिवाना गर्ने सकिने तथा उत्पादित वस्तु जफत हुने व्यवस्था छ ।

ट्रेडमार्क कसरी लिने ?

तपाईलाई आफ्नो उद्योगबाट उत्पादित वस्तुहरु सुरक्षित राखि ब्रान्ड बनाउन चाहनुभएको छ । यदि त्यस्तो हो भने तत्काल ट्रेडमार्क दर्ता गराएर ढुक्कसँग बस्नुहोस ।

तपाइँको उद्योग अथवा ट्रेडमार्क बनाउने नाम पहिले नै दर्ता भएमा नयाँ दर्ता गर्न पाइदैन । आफ्नो ब्राण्ड अरुलाई दिनुपर्छ, त्यसैले तत्काल उत्पादन अनुसार ट्रेडमार्क दर्ता गराउनुहोस ।

ट्रेडमार्क दर्ताको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको उद्योग विभागमा निवेदन दिन सकिन्छ । आफूले डिजाइ गरेको ट्रेडमार्कको नमूना सहित विभागले तोकेको ढाचाँमा निवेदन दिएको ६ महिनामा उक्त डिजाइनमा कसैको दाबी विरोध भएन भने ट्रेडमार्कको प्रमाणपत्र लिन सकिन्छ ।

विभागमा दर्ता भएका ट्रेडमार्कहरु दर्ता भएको मितिले एक वर्षसम्म प्रयोगमा नल्याएमा खारेज हुनसक्ने व्यवस्था पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ (संशोधन सहित) को दफा १८ (ग) ले गरेको जनाएको छ ।

विभागले पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अन्तरगत कुनै पनि कम्पनीले ट्रेडमार्क लिन सक्छ । आफूले उत्पादन गरेका सामानको ट्रेडमार्क राख्न चाहेको निवेदन लिएर गएपछि विभागले यो सुविधा दिन्छ ।

निवेदन कसरी दिने ?

ट्रेडमार्कको लागि उद्योगीले विभागमा निवेदन पेश गर्नुपर्छ । विभाग अन्तरगतको औद्योगिक सम्पति शाखाका अधिकारीहरुले निवेदनको प्रारम्भीक अध्ययन गर्छन् । प्रारम्भिक अध्ययनमा केही क्रृटिभए थप आवश्यक कागजपत्रहरु माग गरिन्छ भने स्पष्ट भएकाको हकमा सारभूत परीक्षण गरिने विभागले जानकारी दिएकाे छ ।

सारभूत अध्ययनमा उद्योगको सबै तथ्यका आधारमा विभागले फाइनल गरेर औद्योगीक बुलेटीनमा ट्रेडमार्कको डिजाइन सार्वजनिक गर्छ । विभागले सार्वजनिक गरेको बुलेटिन व्यवसायीका छाता संगठन देखि विभागकै सूचना पाटीमा समेत राख्ने गरेको छ ।

बुलेट सार्वजनिक गर्दा ९० दिनको समयाबधि राखेर दाबी विरोध गर्न सकिन्छ । सार्वजनिक भएको डिजाइन मिल्दोजुल्दो, शब्द तथा रंग मिल्नेदेखियो भने प्रमाण खुल्ने आधार सहित विभागमा उजुरी दिन सकिन्छ ।

यदी ९० दिनभित्र सार्वजनिक भएको डिजाइनमा कसैको दाबी विरोध परेन भने विभागले ट्रेडमार्कको प्रमाणपत्र दिन्छ ।

ट्रेडमार्क भनेको के हो ?

व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, संकेत, चिन्ह, तस्बिर, आकार तथा शब्द आदिलाई ट्रेडमार्क भनिन्छ । यसले उस्तै किसिमको समान उत्पादन गर्ने अर्को व्यवसाय भन्दा फरक देखाउन मद्दत गर्छ । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न मिल्दैन ।

उद्योगले आफ्नो व्यवसायमा उत्पादन गर्ने वस्तुहरुको ट्रेडमार्क लिनसक्छन । एउटै व्यवसायमा धेरै ब्रान्डहरु हुन सक्छन् । उद्यमीले आफ्नो ब्रान्डहरु सुरक्षित राख्न ट्रेडमार्क लिन्छन् ।

ट्रडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा १ लाख सम्मको जरीवाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसंग सम्बन्धित सबै कुराहरू नेपाल सरकारले जफत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.