रिलायन्स लाइफ इन्स्योरेन्सका डीसीईओ कँडेलले पाए कामुको जिम्मेवारी

  २०७८ पुष १३ गते १३:०३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कायम मुकायम (कामु) सीईओको जिम्मेवारी पाएका छन् । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कँडेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यससँगै कँडेलले पुस १३ गतेदेखि नै लागू हुने गरी अर्को व्यवस्था नभएसम्म इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीको कार्यकाल सकिएसँगै इन्स्योरेन्सले कँडेललाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो । सीईओ पराजुलीको कार्यकाल गत पुस १२ गते सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.