नेपाल लाइफ जाँदै प्रविणरमण पराजुली, डीसीईओको जिम्मेवारी सम्हाल्ने

  २०७८ पुष १३ गते ११:२८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रविणरमण पराजुली नियुक्त हुने भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले रिलायन्स लाइफका सीईओ पराजुलीलाई नेपाल लाइफको डीसीईओमा नियुक्त गर्ने तयारी गरेको हो ।

उनलाई डीसीईओमा नियुक्त गर्नको लागि छलफल भइरहेको तर निर्णय भने भइसकेको छैन । आधिकारिक निर्णय भएपछि मात्रै पराजुलीले नेपाल लाइफमा डीसीईओको कार्यभार सम्हाल्ने छन् ।

पराजुलीले गत २०७४ पुस महिनादेखि रिलायन्स लाइफको सीईओ पदको जिम्मेवारी सम्हालेका थिए । ४ वर्षेको लागि नियुक्त भएका सीईओ पराजुलीको कार्यकाल गत पुस १२ गते मात्रै सकिएको हो ।

त्यसअघि उनले नविल इन्भेष्टमेन्ट बैंकिङमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । बीमा क्षेत्रमा ४ वर्ष काम गरेका पराजुलीसँग बैंकिङ र पुँजी बजारको समेत राम्रो ज्ञान र अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.