निमावि शिक्षकका लागि खुल्यो विज्ञापन

  २०७८ पुष ७ गते १०:०२     विकासन्युज

फाइल फोटो

काठमाडौं । सरकारले निम्न माध्यमिक तहका लागि शिक्षकको विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगले बुधबार निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो

जसमा २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । यस्तै, मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.