उद्यमशील बन्न सीप सिक्दै महिला

  २०७८ पुष ३ गते १६:२०     विकासन्युज

तनहुँ । तनहुँका विभिन्न स्थानीय तहले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेको छ । घरायसी काममा व्यस्त रहने महिलालाई उद्यमी बनाउन स्थानीय तहले सीपमूलक तालिम प्रदान गरेका हुन् ।

यसले महिलालाई दक्ष बनाउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ले वडाभित्रका महिलालाई रङ लगाउने तालिम सञ्चालन गरेको छ ।

बढ्दो शहरीकरणका कारण घरलगायतका संरचना निर्माण अत्याधिक हुन थालेपछि दक्ष जनशक्तिको माग बढेका कारण महिलालाई तालिम प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

“दक्ष जनशक्तिको माग बढेको र अन्य कामको तुलनामा सजिलो पनि भएको हुँदा यसतर्फ महिलाको आकर्षण बढेको छ,” रेग्मीले भने, “त्यसैका लागि महिलालाई दक्ष बनाउन तालिम दिएका हौँ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.