मेरोमाइक्रोफाइनान्सका अध्यक्ष मानन्धरले लिए शपथ

  २०७८ मंसिर २८ गते १२:४४     विकासन्युज

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सन्जिब मानन्धरले शपथ ग्रहण गरेका छन् । संस्थाको नवौं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनिर्वाचित मानन्धरले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकाल समक्ष शपथ ग्रहण गरेका हुन् ।

उनलाई गत शुक्रबार सम्पन्न भएको साधारण सभाबाट संचालक पदमा निर्वाचित भइ संचालक समितिबाट अध्यक्ष पदमा मनोनित गरिएको हो ।

साथै, सभाले अध्यक्ष सहित आगामी चार वर्षका लागि ४ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.