राष्ट्रिय बीमा कम्पनीको सीईओ बन्न एक महिलासहित ११ जना इच्छुक

  २०७८ मंसिर २८ गते १२:०९     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न ११ जनाले आवेदन दिएका छन् । सीईओको लागि आव्हान भएको दरखास्तमा एक महिलासहित ११ जनाले आवेदन बुझाएका कम्पनीका प्रवक्ता निरञ्जन आचार्यले जानकारी दिएका हुन् ।

प्रवक्ता आचार्यका अनुसार आवेदन दिनेमध्ये महिला आवेदक बरिस्मा साउद आचार्य रहेकी छिन् ।  त्यस्तै, बुद्धकाजी श्रेष्ठ, सुरेन्द्र थापा, शेरजंग कार्की, शेखर बराल, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, सुकल्याण पराजुली, रमेश लम्साल, मनोजसिंह भण्डारी र रामबहादुर खड्काले कम्पनीको सीईओ बन्नका लागि आवेदन दिएका छन्।

यससँगै, अब कम्पनीको सीईओ छनोटको लागि बनेको उपसमितिले सबै प्रकृया पुरा गरेर मात्रै यी ११ जना आवेदकमध्ये एक जनालाई कम्पनीको सीईओमा नियुक्त गर्ने छ ।

कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आव्हान गरेको थियो । उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने प्रावधान थियो । सोही अनुसार उक्त ११ जनाले मंसिर २६ गतेसम्ममा आवेदन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.