सिद्धार्थ बैंकका कामु सीईओ कडेलले पाए प्रमुखको जिम्मेवारी

  २०७८ मंसिर २८ गते १०:५०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) सुन्दरप्रसाद कडेलले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कडेललाई प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त सीईओ कडेलले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । उनले २०७८ मंसिर २७ गतेदेखि नै उक्त पदको जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरे पश्चात् कडेल कामु सीईओको रुपमा कार्यरत थिए ।

बैंकिङ्ग क्षेत्रको सेवामा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका कडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत ४ वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आएका थिए । बैंक सञ्चालनमा विशेष दखल राख्ने कडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्य अनुभव समेत सँगालेका छन् ।

प्रमुख कार्यकारी अधिकृत कडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाईमा लैजान मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.