४०० नेपालीलाई डेटा फेलोशिपको अवसर, ३९९ डलर बरावर प्रिमियम डाटाक्याम्पमा सदस्यता पाउने

  २०७८ मंसिर २८ गते ९:५६     विकासन्युज

काठमाडौं । ‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ । तीन महिना अवधिको यस फेलोशिपको मुख्य उद्देश्य नेपाली युवाहरुलाई डेटा सम्बन्धि सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने रहेको सो संस्थाले जनाएको छ । फेलोशिपले यस वर्ष ४०० भन्दा बढी नेपालीहरूको डाटा सीप विकास गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

कोड फर नेपालले डेटाक्याम्पको सहकार्यमा यस फेलोशिप सञ्चालन गर्न लागेको हो । यस फेलोशिपका प्रत्येक सहभागीले ३९९ अमेरिकी डलर बराबरको प्रिमियम डाटाक्याम्प सदस्यता प्राप्त गर्नेछन्। साथै उनीहरुले रोजगारीका विभिन्न अवसरहरु पनि प्राप्त गर्नेछन्। फेलोशिपका सम्पूर्ण सहभागीहरुले प्राप्त गर्ने कार्यक्रमको कुल मौद्रिक मूल्य २ करोड नेपाली रुपैयाँ भन्दा बढी छ ।

फेलोशिपमा चार चरणहरु हुनेछन् डाटाक्याम्प कोर्स, असाइनमेन्ट, सफ्ट स्किल्स डेभलपमेन्ट, र सपोर्ट। जसमा डाटाक्याम्प कोर्स अन्तर्गत सहभागीहरुले आफ्नो डेटा र डिजिटल सीपहरू बृद्धि गर्नेछन्। यो कोर्स तीन महिनाभित्र सक्नुपर्नेछ। त्यसपछि असाइनमेन्ट अन्तर्गत फेलोहरूले असाइनमेन्टलाई ब्लग पोष्ट, डाटा भिजुअलाइजेशन वा प्रकाशनयोग्य आउटपुटको कुनै पनि रूपको रूपमा पेश गर्नुपर्नेछ। यसरी प्रकाशन भएका प्रत्येक ब्लग पोष्टको ५ हजार रुपैयाँका दरमा प्रदान गरिनेछ ।

नेपाल भित्र र बाहिर बस्ने नेपालीहरू यस फेलोशिपको लागि आवेदन दिन योग्य छन् । इन्टरनेट र ल्यापटपको पहुँच भएका नेपाली युवाहरूले आफूलाई उपयुक्त हुने समयमा डेटाक्याम्पमा उपलब्ध विभिन्न सिकाई सामग्रीहरु अध्ययन गरेर यस कार्यक्रमको भरपूर फाईदा लिन सक्नेछन्।

उच्च माध्यामिक शिक्षा वा माथिको शैक्षिक योग्यता गरेका र साधारण प्रोग्रामिङको ज्ञान भएको नेपालीले डिसेम्बर १५ सम्म आवेदन दिन सक्ने उक्त संस्थाले जनाएको छ ।‘कोड फर नेपाल’ नेपालमा डिजिटल साक्षरता प्रवर्धन गरी ओपन डाटाको प्रयोग बढाएर नेपाललाई डिजिटल रूपमा सशक्त बनाउन सन् २०१४ मा स्थापना गरिएको स्वयंसेवकहरूको एउटा समुदाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.