द ब्रिटिस कलेजले विपन्न विद्यार्थीलाई ‘द ओएचसिटी छात्रवृत्ति’ दिने

  २०७८ मंसिर २७ गते १७:३५     विकासन्युज

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले द ओएचसिटी छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एकनाम नयाँ विद्यार्थीको सम्पुर्ण खर्च बेहोर्ने गरी कलेजले उक्त छात्रवृत्ति कार्यक्रम ल्याएको हाे ।

उक्त छात्रवृत्तिले विद्यार्थीको पूर्ण ट्यूशन, विश्वविद्यालय रजिष्ट्रेसन र पढाई अवधिभर परीक्षा शुल्कहरू कभर गर्नेछ कलेजले जानकारी दिएको छ ।

ओ’हाय परिवारद्वारा प्रदान गरिने यो फेलोसिप ब्रिटिश कलेजमा अन्तराष्ट्रिय शिक्षा लिन चाहने अल्पविपन्न विद्यार्थीलाई मद्दत गर्ने विशेष उद्देश्यका ल्याइएको कलेजले जनाएको छ ।

कलेजले पढाइरहेकाे स्नातक तहका कोर्सहरु बिबिए, बिएस्सी (हन्स) कम्प्युटिब, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यु कोर्स बिएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीले छात्रवृत्ति आवेदन दिन सक्नेछन् ।

कलेजकाे अनुसार फागुन २ गतेसम्मकाे लागि छात्रवृत्ति आवेदन खुल्ला गरिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.