पुस १ र २ गते छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

  २०७८ मंसिर २७ गते १३:३८     विकासन्युज

काठमाडाैं । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटि सम्बन्धी शैक्षिक मेला हुने भएको छ ।

पुस १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा युनिभर्सल थट कन्सल्टले आयाेजनामा उक्त मेला हुन लागेको हाे ।

उक्त शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ ।

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीले बताए ।

उक्त शैक्षिक मेलामा पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका तीन वटा, काठमाडौं विश्वविद्यालयका दुई वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.