उद्योगलाई सस्तोमा बिजुली दिन महासंघको माग, ढकाल भन्छन्ः परम्परागत नीतिलाई परिमार्जन गरौं

  २०७८ मंसिर २२ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् ।

महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशनअफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आमजनतालाई लाभपुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए ।

‘यो अटोमोबाइल सेक्टरको मात्र होइन, समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीतिनियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ,’यसका लागि राज्यले अग्रसरता लिनुपर्छ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहलगर्नुपर्ने बताए ।

‘अहिले मुलुकभित्र दुईपाँग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन्, यसको विस्तार सँगै चार पाँग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ,’ उनले भने ।

यस्तै, उनले बिजलुी भारतमा निर्यात शुरु भएको बताउँदै उनले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुलीउपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए ।

उनले सार्वजनिक सवारीलाई चुस्त बनाउने तर्फ सरकार र स्थानीयनिकायको ध्यानाकर्षण पनि गराए । सवारी साधन विलासिताको वस्तु मात्र नरहेको बताउँदै उनले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्वपूर्ण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.