मात्र १ हजार ८३ रुपैयाँमा डिशहोमको डायनामिक कम्बो प्याक

  २०७८ मंसिर २२ गते १५:०२     विकासन्युज

काठमाडाैं । डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक अफर अन्तर्गत ४० एमबिपिएस ईन्टरनेट अझ सुलभ दरमा ल्याएकाे छ । डिशहाेमले वार्षिक मात्र १२ हजार ९९९ रुपैयाँमा डायनामिक कम्बो प्याक अफर ल्याएकाे हाे ।

कम्पनीकाे अनुसार यस कम्बाे प्याक अन्तर्गत डिशहोम फाईबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनेछन् । यो सुविधा २५ एमबिपिएस वार्षिक ११ हजार ५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै यसमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभिओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

यस फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.