सातै प्रदेशमा टिभिएसले रेडर बाइकलाई सप्तरंगमार्फत लञ्च गर्दै

  २०७८ मंसिर २२ गते १४:०३     विकासन्युज

काठमाडौं । सातै प्रदेशमा टिभिएस रेइडर सप्तरंग–३’ हुने भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा लञ्च गर्न लागेको हो ।

कम्पनीको अनुसार ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ कला मार्फत् जनमानसमा सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको हो । कला संस्कृतिलाई उजागर गर्दै २४ मंसिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा समापन हुने छ ।

कम्पनीको अनुसार काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर सम्पन्न हुनेछ ।

‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी रहने कम्पनीले जनाएको छ ।

सप्तरंग–३ लाई  टीभीएसले मुख्य प्रायोजन गर्देछ । कम्पनीले आफ्नो नयाँ मोटरसाइकल रेडर मार्फत्  सप्तरंग–३ मा सामेल हुन लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.