अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न

  २०७८ मंसिर २२ गते १३:२८     विकासन्युज

काठमाडौं । अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले हिजो आयोजना गरेको उक्त राइडमा १२० जना राइडरले सहभागिता जनाएका थिए ।

सोहि क्रममा नगरकोटको होटल चौतारीमा पुगेर राइडरले विभिन्न मनोरञ्जनात्मक खेलमा सहभागिता जनाउँदै उक्त रात सोहि होटलमा बिताएका थिए ।

खेलमा विजयी राइडरलाई पुरस्कारको साथै सहभागी सबैजनालाई प्रमाणपत्रबाट सम्मान समेत गरेको थियो ।

राइडमा अप्रिलियाका एसआर १५०, स्ट्रोम र केहिदिन अघिमात्र भित्रिएको एसएक्सआर १६० स्कुटरमा सवार राइडरले सहभागिता जनाएका हुन । यी स्कुटरको पर्फमेन्स टेष्ट गर्नु र राइडरलाई रिफ्रेसमेन्ट प्रदान गर्नु उक्त राइडको मुख्य उद्देश्य रहेको कम्पनीका उपाध्यक्ष विजय महतोले बताए ।

उनले भने, ‘ पछिल्लो समय अप्रिलिया स्कुटर प्रयोग गर्ने ग्रााहकले यस प्रकारको राइडमा सहभागी हुन इच्छा देखाउँदै आएका छन् । यसप्रकारको राइडले ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन समेत सहयोगी हुने कारण हामीले विभिन्न स्थानहरुमा राइडको आयोजना गर्दै आइरहेका छौ ।’

ग्राहकबीच अन्तरक्रिया गराउन, भेइकलको परफमेन्स र रिभ्यु गर्न तथा ब्रान्डको प्रबद्धन गर्न समेत यो राइड उपयोगी भएको उनले बताए । राइडमा सहभागी हुन इच्छुक ग्राहकको संख्या बढ्दै गएका कारण अबको केही समयपछि नयाँ लोकेशनमा पुन अर्को राइड आयोजना गर्ने तयारी आफूहरुले गरिरहेको महतोले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.