लाभांश वितरण गर्न एनआरआईसीले पायो स्वीकृति

  २०७८ मंसिर २२ गते १२:२०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी) ले प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति पाएको छ । नेपाल सरकारले हालै मंसिर २० गते कम्पनीको १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई समिति तथा नेपाल सरकारले स्वीकृति दिएसँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ ।

इन्स्योरेन्सले हालसम्म वार्षिक साधारणसभाको मिति भने तय गरेको छैन ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर पारित पश्चात कम्पनीको चुक्ता पुँजी साढे ११ अर्ब रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.