गोर्खा ब्रुअरीले ल्यायो विन्टर वार्मर बियर, प्रतिबोतल १८० रुपैयाँ

  २०७८ मंसिर २२ गते ११:५९     विकासन्युज

काठमाडौं । गोर्खा ब्रुअरीले नेपालको पहिलो विन्टर वार्मर बियर ‘फायर मून’ ल्याएको छ । जुन नेपालको कठ्याङ्ग्रीने जाडोको लागि निकै नै उपयुक्त हुने कम्पनीले जनाएको छ ।

फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो, जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्छ । विभिन्न मसलाहरुको स्वाद भएको यो बियरमा हप्स, माल्ट र यिस्ट बाहेक ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवा जस्ता शरीरलाई तातो बनाउने मसलाहरु छन् ।

कम्पनीका अनुसार अन्य बियरहरुभन्दा यो विन्टर वार्मर बियरलाई सहजै पिउन सकिन्छ र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिन्छ । यो बियरको रङ्ग उत्कृष्ट छ र यो सुगन्धित मसलाहरुले भरिपूर्ण छ, जसले जाडो मौसममा न्यानो दिने काम गर्छ ।

५ प्रतिशत एलकोहलका साथ फायर मून ३३० मि.लि, मा प्रतिबोतल १८० रुपैयाँमा उपलब्ध छ । विन्टर वार्मर बियर पुल-अफ क्यापको साथ आउँछ, जसले गर्दा उपभोक्ताले सजिलै बोतल खोलेर जहाँ पनि स्वाद र सुगन्धको अनुपम मिश्रण भएको स्पाईस्ड-अप बियरको मजा लिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.