वोमी लघुवित्तको पुस १ गतेदेखि बुक क्लोज

  २०७८ मंसिर २२ गते १०:५०     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले आगामी पुस १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

संस्थाको आगामी वार्षिक साधारणसभा पुस १६ गते शुक्रबार बिहान ११ बजे काभ्रेपलाञ्चोकस्थित होटल अरनिकोको सभाहलमा बस्दै छ । सभाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, वोमी र सूर्योदय लघुवित्त एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले छलफल गरी पारित गर्ने विशेष प्रस्ताव गरेको छ । जसको लागि एक बराबर एकको सेयर स्वाप रेसियोलाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने छ ।

यससँगै मंसिर २९ गतेसम्म कायम सेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.