फरवार्ड लघुवित्तको लाभांश घोषणा, बोनस र नगद दुबै बढ्यो

  २०७८ मंसिर २२ गते १०:२१     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशत नगद(करसहित) र ३५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.