आर्थिक रुपले कमजोर भएकालाई सहयोग गर्न खुल्यो मुक्तिनाथ फाउण्डेशन

  २०७८ मंसिर २१ गते १८:०८     विकासन्युज

काठमाडौं । आर्थिक रुपले कमजोर भएकालाई सहयोग गर्ने उदेश्यको साथ मंगलबारबाट मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ भएको छ ।

सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले संस्था स्थापना गरिएको फाउण्डेशनले जनाएको छ ।

मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्ने जनाएको छ ।

फाउण्डेशनका अध्यक्ष भरत राज ढकालले संस्थालाई गैरराजनीतिक, निश्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाईको संस्थाको रुपमा विकास गरिने बताए । उनले फाउण्डेशनको उद्देश्यमा सहभागी भई साथ दिन चाहने व्यक्ति तथा संस्थाहरुलाई सहभागिताको लागि आह्वान समेत गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.