बोर्डका पूर्वअध्यक्ष ढुङ्गानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  २०७८ मंसिर २१ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुङ्गानाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीस तेजबहादुर केसीको एकल इजलासले ढुङ्गानालाई बर्खास्त गर्नुको कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।

सरकारले सवोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका बोर्डका पूर्वअध्यक्ष ढुङ्गानालाई गत असोज १९ गते बर्खास्त गरेको थियो । उक्त निर्णय खारेज गरि अन्तरिम आदेश दिन माग गर्दै ढुङ्गानाले कार्त्तिक ७ गते सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

ढुङ्गाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

सो बारेमा सरकारले उनीसँग स्पष्टिकरण मागेको थियो । उनको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामाग्री

सेवोनका अध्यक्ष ढुङ्गानाको पद गयो
अध्यक्ष ढुङ्गाना र सीईओ साउदलाई कारबाही गर्न अर्थ समितिको निर्देशन
बोर्डका अध्यक्ष ढुङ्गाना र सञ्चालक ढकाललाई तत्काल निलम्बन गरी छानविन गर्न माग
अर्थमन्त्रालयले ढुङ्गानालाई ३ दिनको समय दिएर स्पष्टिकरण साेध्याे
भीष्मराज ढुंगानालाई स्पष्टिकरण सोध्ने सरकारको निर्णय
सेबोनका अध्यक्ष ढुंगानामाथिको छानविन सकियो
धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित, छानविन गर्न न्यायिक समिति
छोरीको सेयर कारोबारमा मलाई मुछ्न मिल्दैनः अध्यक्ष ढुंगाना
सर्वोत्तम सिमेन्ट प्रकरणः ढुंगाना र साउदलाई के गर्दैछ अर्थमन्त्रालय ?
ढुंगानाको स्पष्टिकरणः कर्मचारी भेला गरेर ड्राफ्ट पढे, अनि मन्त्रालय पठाइदिनु भन्ने निर्देशन दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.