महिलालाई रोजगारयोग्य बनाउन युनिलिभर र माइती नेपालले तालिम दिने

  २०७८ मंसिर २१ गते १७:४०     विकासन्युज

काठमाडाैं । युनिलिभर नेपाल र माईती नेपालबीच महिलाकाे क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने भएकाे छ । दुई संस्थाबीच महिलाकाे सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने सम्झाैता भएकाे हाे ।

यस सम्झाैतामार्फत दुवै संस्थाले मानव बेचबिखन तथा घरेलु हिंशाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना कार्यक्रम संचालन गर्नेछ ।

यस सम्झाैताले उक्त महिलाहरूको दिगो आय सिर्जना गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको युनिलिभर नेपालका अध्यक्ष अम्लान मुखर्जीले बताए ।

मुखर्जीकाे अनुसार कार्यक्रममार्फत महिलाहरुकाे लागि प्रख्यात ब्रान्डका ब्यूटी पार्लरका साथसाथै एक्स्काभेटर चलाउन सिकाउनुकाे साथै बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनर्स्थापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.