महानगरले ज्येष्ठ नागरिकालाई निःशुल्क निमोनियाको खोप लगाउने

  २०७८ मंसिर २१ गते १७:१६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ औं महानगर दिवसको अवसरमा ज्येष्ठ नागरिकालाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । महानगरले २७ औं महानगर दिवस मंसिर २७ गतेदेखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

महानगरले सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित २७ र्औैं महानगर दिवस मनाउने तयारी गरेको छ ।

२७ औं महानगर दिवस मूल समारोह समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेको हो ।

महानगरको अनुसार उक्त अवसरमा ४० वटा वुथबाट सर्वेक्षण गरिनुको साथै १० वटा वुथबाट कोभिड विरुद्धको खोप सञ्चालन गरिनेछ । यसका साथै विद्यालय स्तरमा ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुने महानगरले जनाएको छ ।

कोभिड संक्रमणको दर हेरेर कार्यक्रम हेरफेर हुन सक्ने नगर प्रमुख शाक्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.