आईएमई जनरल इन्स्योरन्सले दुई जिल्लामा दियो क्षति मुल्याङ्कनकर्ता तालिम

  २०७८ मंसिर २१ गते १२:२७     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दुई जिल्लामा कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ता तालिम दिएको छ । कृषि तथा पशुपन्क्षी बीमाको लागि इन्स्योरेन्सलाई तोकिएका जिल्लाहरुमध्ये कम्पनीले धनुषा र महोत्तरी जिल्लाका सहभागिलाई एकै स्थानमा उक्त तालिम दिएको हो ।

उक्त तालिम मंसिर १६ गतेदेखि १९ गतेसम्म बर्दिवासस्थित गौतम होटलमा टलमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको हो । उक्त तालिममा १० जना क्षति मुल्याङ्कनकर्ताहरुको सहभागिता थियो ।

क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख्य रुपमा सुधार हुने र कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीको अपेक्षा छ ।

बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि विभिन्न कम्पनीलाई विभिन्न जिल्लाहरु तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.