नेपाल बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

  २०७८ मंसिर २१ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम भएको छ । यससँगै मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३७८.६८ रुपैयाँलाई आधार मानेर हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४३१.७० रुपैयाँमा भएको थियो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कूल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.