मंसिर २३ गतेबाट मोटरहेड एक्सचेन्ज अफर मेला हुँदै

  २०७८ मंसिर २० गते १५:४९     विकासन्युज

काठमाडौं । मोटरहेड ब्राण्डका आधिकारिक वितरण एसएलआर टेक्नो एण्ड ट्रेडले तीन दिने मोटरहेड एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको छ । कम्पनीले यहि मंसिर २२, २३ र २४ गते उपत्यकभित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागु हुने गरी एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको हो ।

ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखी कम्पनीले यस अफरलाई आफ्नो सबै शोरुमहरुमा सन्चालन गर्न गईरहेको जानकारी दिएको छ । कम्पनीले डर्ट, क्रसओभर स्क्याम्बर सेगमेन्टमा आफ्नो छुट्टै उपस्थिति जनाउँदै आएको छ ।

कम्पनीले यस अफरलाई अझ आकर्षक बनाउन विभिन्न अफरहरु ल्याएको छ । जसमा नगद खरिदमा १० हजार छुट, फाईनान्समा ७ हजार छुट र बाइक सट्टा पट्टा गरी लिँदा पुराना बाईकमा बजार मूल्यांकनमा थप १५ हजार ग्राहकले पाउने छन् ।

कम्पनीले उचित मूल्यांकन र सरल खरिदको वातावरण मिलाउन अन द स्पोट भ्यालुएशन व्यवस्थापन गर्ने जनाएको छ । साथै हरेक खरिदमा आकर्षक फ्रि – डर्ट हेल्मेट समेत ग्राहकहरुले पाउने कम्पनीले जानकारी दिएको छ ।

मोटरहेडको सल्लाघारी, मित्रपार्क, टेकु , धोविघाट र बालाजु भ्यालीकोर्ट स्टोरको अगाडी रहेको आफ्नो शोरुमहरुमा यो अफर संचालन हुनेछ । मोटरहेडले हालसालै परिमार्जित टेकन आर २५० मोडल बजारमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.