निक्षेपको तुलनामा कर्जा लगानी दोब्बर

  २०७८ मंसिर २० गते १३:३१     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ७ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको निक्षेप गत साताको तुलनामा ७ अर्ब रुपैयाँले बढेको हो ।

गत सातामा कुल ४२ खर्ब १९ करोड रुपैयाँ कुल निक्षेप रहेको बैंकहरुमा मंसिर १७ गतेसम्म कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको हो ।

यस्तै, बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले बढेको छ । गत साता वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ५५ अर्ब रुपैयाँ भएकोमा मंसिर १७ गतेसम्म कुल ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको हो ।

निक्षेपमा तुलनामा कर्जा लगानी दोब्बरले बढेको तथ्यांक्ले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.