नेपालमा पनि देखियो ओमिक्राेन भेरियन्ट

  २०७८ मंसिर २० गते १३:१५     विकासन्युज

काठमाडौं । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

संक्रमण देखिनेमा ६६ वर्षिय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्को ७१ वर्षिय व्यक्ति रहेका छन् ।

मन्त्रालयका अनुसार ६६ वर्षिय विदेशी नागरिक मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै नेपाल प्रवेश गरेका थिए । उनी नेपाल आउँदा पिसिआर रिपोर्ट नेगेटिभ र खोपको मात्रा पुरा गरेको पाइएको थियो । उनीसँग सम्पर्कमा आएका ७१ वर्षिय व्यक्ति र उनलाई मंसिर ७ गते कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड-१९ को नतिजा पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनीहरुमा जिन सिक्वेन्सिङ गर्दा मंसिर १९ गते आइतबार पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो । हाल उनीहरु दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसका साथै उनीहरुसँग सम्पर्कमा आएका ६६ जनामा परीक्षण गर्दा सबैको पिसिआर नेगेटिभ रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ ।

गत नोभेम्बर २४ तारिखको दिन दक्षिणी अफ्रिक मुलुकमा पहिलोपटक यो नयाँ भेरियन्ट पुष्टि भएको थियो । त्यसपछि यो भेरियन्टको हालसम्म ५७४ केसहरु देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.