कुमारी बैंकको १९ करोड प्रकरणः सीईओ र डीसीईओ दुवैलाई बोर्डले दियो छुट्टी

  २०७८ मंसिर २० गते १३:००     विकासन्युज

काठमाडौं । कुमारी बैंक सञ्चालक समितिले कुमारी बैंकका एक्टिङ प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिष तिमिल्सिनालाई बिदामा राखेकाे छ ।  बैंक सञ्चालक समितिकाे बैठकले दुवै जनालाई बिदामा राखेकाे बैंक स्राेतले बताएकाे हाे ।

कुमारी बैकको १९ करोड रुपैयाँ कर्जा प्रकरणमा अनुसन्धानलाई ससहयोग पुर्याउन भन्दै सञ्चालक समितिले एक्टिङ सीईओ र डीसीईओ दुवै जनालाई बिदामा बस्न आग्रह गरिएकाे बुझिएकाे हाे । एक्टिङ सीईओ तिमिल्सिना यसअघि नै अनुसन्धानमा तानिएका थिए भने डीसीईओ मनिष तिमिल्सिना पनि अनुसन्धानमा तानिएका हुन् ।

उनीहरु २० दिनदेखि बिदामा रहेको बैंक स्रोतको भनाई छ । अहिले बैंकले चिफ अपरेटिङ अफिसर रामचन्द्र खनाललाई निमित्त सीईओकाे जिम्मेवारी दिएकाे छ । 

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणमा सोही बैंकका उच्च व्यवस्थापनको संलग्नता रहेको आशंका गरिएको छ । सोही कारणले पनि एक्टिङ सीईओ र डीसीईओलाई बिदामा बस्न सञ्चालकले आग्रह गरेको हो ।

बैंकले गत साउनमा प्रदान गरेको १९ करोड रुपैयाँ कर्जा प्रवाहमा बैंकका प्रमुख कार्यकारी अधिकृतको पनि संलग्नता देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले तिमिल्सिनामाथि पनि अनुसन्धान थालेको थियो । अहिले दुवै जना माथि अनुसन्धान भइरहेको बुझिएको छ ।

सम्बन्धित सामग्री:

कुमारी बैंकको १९ करोड कर्जा प्रकरणमा तानिए सीईओ तिमिल्सिना र सेन्चुरीका पूर्व संचालक प्रधान

कुमारी बैंकको १९ करोड कर्जा प्रकरणः किन गयो न्यूरोड ब्रान्चबाट ऋण ? तानिए मालपोतका कर्मचार ?

१९ करोड अपचलनको अभियोगमा कुमारी बैंकका कर्जा अधिकृत पक्राउ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.