निवन्ध प्रतियोगिता गर्दै बीमा समिति, विद्याथीहरु सहभागी हुन पाउने, विजेतालाई नगद पुरस्कार

  २०७८ मंसिर १९ गते १४:००     विकासन्युज

काठमाडौं । बीमा समितिले विद्यालय तथा विश्वद्यिालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा बीमाको महत्व शीर्षकमा विद्यालयस्तरीय र जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको हो ।

समितिले मंसिर १६ गते एक सूचना जारी गर्दै उक्त प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो । यससँगै निवन्ध प्रतियोगितामा सहभागी हुन चाहने विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले सूचना प्रकाशित भएको तीन महिनाभित्रमा समितिमा बुझाउनुपर्ने हुन्छ ।

को को सहभागि हुन पाउँछन् ?
उक्त विद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा ५ देखि कक्षा १२ मा अध्ययनरत तथा कक्षा १२ को परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरुले सहभागी जनाउन पाउने छन् । उनीहरले बीमाको महत्व शीर्षकमा कम्तीमा २ हजार शब्दको निवन्ध लेख्नुपर्ने समितिले जनाएको छ ।

त्यस्तै, विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा १२ भन्दा माथिल्लो कक्षामा अध्ययनरत तथा परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । उनीहरुले जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा कम्तीमा ३ हजार शब्दको निवन्ध लेख्नु पर्ने हुन्छ ।

विजेतालाई नगद पुरस्कार, कसले कति पाउँछन् ?
दुई विधामा छुट्याईएको भिन्नै शीर्षकको निवन्ध प्रतियोगितामा प्रतियोगीमध्ये दुई जना प्रथम छानिने छन् । त्यस्तै दोश्रो र तेश्रोमा पनि दुई दुई जना विद्यार्थीहरु छानिनेछन् ।

प्रतियोगिताका विजयीले न्यूनतम ७ हजारदेखि २५ हजार रुपैयाँसम्म पाउँछन् । जसमध्ये विद्यालयस्तरीय प्रतियोगिताको पहिलोले २० हजार रुपैयाँ र विश्वविद्यालयस्तरीय प्रतियोगिताको पहिलो विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र समेत पाउने छन् ।

त्यस्तै, विद्यालयस्तरीय तर्फको दोश्रोले १२ हजार रुपैयाँ र तेश्रोले ७ हजार रुपैयाँ बराबरको नगद पुरस्कार पाउने छन् । उता विश्वविद्यालयस्तरीयका दोश्रो र तेश्रो विजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ तथा प्रमाणपत्र पाउने समितिले जनाएको छ ।

समितिले बीमा क्षेत्रको विकास तथा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि यो प्रतियोगिता योजना गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.