पुनर्बीमा कम्पनीले ‘भोली’ भन्न नपाउने, आजै निर्णय नगरे दुई वर्ष जेल सजाय

  २०७८ मंसिर १६ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाली पुनर्बीमा कम्पनीले ‘भोली’ भन्न नपाउने भएका छन् । बीमा समितिले मंसिर १३ गते एक निर्देशन जारी गर्दै बीमा कम्पनीहरुले पुनर्बीमा गर्न ल्याएको प्रस्तावमा सोहि दिन निर्णय दिन भनेको हो ।

बीमा क्षेत्रको नियामक बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।

‘बीमकहरुले पुनर्बीमकमा पुनर्बीमाको लागि अनुरोध भई आएमा सोही दिनको कार्यालय समय भित्र कन्फर्मेशन (बीमा स्वीकार वा अस्वीकार गर्ने निर्णय) दिनु पर्नेछ’ बीमा समितिको निर्देशनमा भनिएको छ- ‘कार्यालय समयमा कन्फर्मेशन दिन नसकिएमा सोही दिन थप कार्यालय समय लिएर समेत कन्फर्मेशन दिनु पर्नेछ ।’

पुनर्बीमाको प्रस्ताव लामो समय रोक्न नमिल्ने भन्दै बीमा समितिले जुन दिन बीमकले प्रस्ताव गरेको हो सोही दिन पुनर्बीमा कम्पनीले कार्यालय समय थप गरेर भएपनि अन्तिम निर्णय दिनुपर्ने निर्देशन दिएको हो ।

मंसिर ९ गते समितिले नेपाली बीमा कम्पनीहरुले नेपालका पुनर्बीमा कम्पनीहरुले स्वीकार गरेसम्म सबै पुनर्बीमा नेपालमै गर्नुपर्ने निर्देशन दिएको थियो । त्यसको कार्यान्वयन गर्न बीमा समितिले दोस्रो निर्देशन दिएको हो ।

बीमा कम्पनीले पुनर्बीमा गर्दा नेपाली कम्पनीहरुलाई नै प्राथमिकता दिनु पर्ने समितिको निर्देशनको बीमकहरुले आलोचना गर्दै आएका छन् । तर बीमा समितिले आफ्नो निर्णय सहि भएको भन्दै त्यसलाई कडाईका साथ कार्यान्वयन गराउन लागेको छ ।

बीमा कम्पनीहरुले पुनर्बीमा प्रस्ताव गर्दा दिएका सूचना, विवरण, तथ्याङ्क लगायत सबै जानकारी पूर्ण रुपमा गोप्य राख्न पनि बीमा समितिले पुर्नबीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरुले ग्राहकको गोपनियता भङ्ग हुने आशंका गरेपछि बीमा समितिले पुनर्बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

निर्देशनको पालना नगरे बीमा ऐन २०४९को दफा ३६ अनुसार कारवाही गर्ने चेतावनी पनि समितिले दिएको छ । उक्त दफामा गल्ती गर्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद वा दुबै कारवाही हुने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

४ अर्ब पुनर्बीमा कमिसनमा प्रतिस्पर्धा, विदेशी मुद्रा जोगाउने तर्क गफ मात्र

वैदेशिक मुद्रा संचितिमा योगदान पुर्याउन नयाँ व्यवस्था गरिएको होः बीमा समिति

हिमालयन रिले रेमिट्यान्सपछिको बढी विदेशी मुद्रा भित्र्याउँछः शेखर गोल्छा

बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.