एकदिने रक्तदान क्याम्पमा १६३ जनाले दिए रक्तदान

  २०७८ मंसिर १२ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसले आयोजना गरेको ‘बृहत रक्तदान कार्यक्रम’ मा १६३ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान’को मूल मन्त्रलाई शिरोपर गर्दै वाईआरसी एनसीसीले उक्त एकदिने कार्यक्रमको आयोजना गरेको हो ।

वाईआरसी एनसीसीले मंसिर १० गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म एनसीसीको प्राङ्गणमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

वि.स. २०४९ सालमा स्थापित यु रे स नेपाल कमर्श क्याम्पसले स्थापित कालदेखि नै हरेक ३-३ महिनाको अन्तरालमा निरन्तर रुपमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । योभन्दा अगाडिको जस्तै शुक्रबारको कार्यक्रममा पनि क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठन र विभिन्न संकायमा अध्ययनरत दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति थियो ।

प्री प्लानसँगै टीममा काम गर्ने भएर पनि हरेक कार्यक्रम सफल हुने गरेको युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसका अध्यक्ष कुशल बस्नेतले बताए । ‘हामी व्यवस्थापनको विद्यार्थी, हरेक कुरा प्रि प्लान गरेर टिममा काम गर्छौं, त्यसैले पनि हाम्रो हरेक कार्यक्रम सफल रुपमा सम्पन्न हुने गर्छ,’ उनले भने ।

त्यस्तै, आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै अध्यक्ष बस्नेतले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.