हाम्रो आरम्भले सम्पन्न गर्यो मौन र्याली, जहाँ आफै बोल्यो प्लेकार्ड (तस्विरसहित)

  २०७८ मंसिर १२ गते १९:०९     विकासन्युज

काठमाडौं । हाम्रो आरम्भले ‘महिलाको लागि सेनेटरी हेरचाह’ मूल नाराका साथ एकदिने मौन र्याली सम्पन्न गरेको छ । कलेज अफ बिजनेस म्यानेजमेन्ट (सीबीएम) को सामाजिक क्लब हाम्रो आरम्भले कलेजको नेतृत्वमा उक्त र्याली आयोजना गरी सम्पन्न गरेको हो ।

उक्त र्याली मंसिर ११ गते डिल्लीबजारदेखि बसन्तपुरसम्म गरिएको थियो । जहाँ सीबीएम कलेजका विद्यार्थी, शिक्षक र अन्य धेरैको उपस्थिति रहेको थियोे ।

उपस्थित सबैले विभिन्न प्लेकार्ड बोकेर मौन र्याली गरेको देखिन्छ, जुन आफै बोलेको छ । जस्तै, दिदी बहिनीलाई उपहार के ? मेन्स्ट्रुअल कप, अबको यात्रा मेन्स्ट्रुअल कपको साथमा, अब नि सेनेटरी प्याड ?, गिभ योर सिष्टर अ मेन्स्ट्रुअल कप, परिवर्तन सम्भव छ भन्ने जस्ता प्लेकार्डहरु र्यालीमा सहभागी भएकाहरुको हातमा देख्न सकिन्छ ।

त्यस्तै, सेनेटरी प्याड मात्रै विकल्पको होइन भन्ने र्यालीको मूख्य उद्देश्य रहेको क्लबकी अध्यक्ष अंकिता अधिकारीले बताएकी छिन् । यसको विकल्पमा हालै मात्रै प्रयोगमा आएको सेनेटरी कपलाई लिन सकिने उनको भनाई छ ।

‘सेनेटरी प्याड मात्रै नभई, उपयुक्त विकल्पको रूपमा सेनेटरी कपलाई पनि लिन सकिन्छ भन्ने बारेमा जनचेतना फैलाउन यो मौन र्यालीको आयोजना गरिएको हो,’ अध्यक्ष अधिकारीले भनिन् ।

त्यस्तै, नेतृत्वको भूमिका खेलेको सीबीएम कलेजका प्राचार्य एवम चार्टर एकाउन्टेन्ट सुमन न्यौपानेले विद्यार्थीको प्रस्ताव बमोजिम उक्त र्यालीको नेतृत्व गरेको बताएका छन् । विद्यार्थीले हालै मात्रै प्रयोगमा आएको सेनेटरी कपको बारेमा र्याली गरेर थोरैलाई नै भएपनि जानकारी दिऔं भन्ने प्रस्ताव गरेको न्यौपानेले जनाए ।

‘र्यालीमा १०० जनालाई भेला गराई, २०० जनासम्म सन्देश पुर्याउन सके ३०० जनाले सेनेटरी कपको बारेमा शिक्षा पाउन सक्छन् भन्ने विद्याथीको प्रस्ताव थियो, र यो मौन र्याली गर्यौं, जुन प्रभावकारी बनेको छ,’ न्यौपानेले बताए ।

तस्विरमा यस्तो देखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.