मेडिसिटीका डा. जोशी उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित

  २०७८ मंसिर १२ गते १७:४९     विकासन्युज

काठमाडाैं । नेपाल मेडिसिटी अस्पतालका न्युरोसर्जन डा. सुमित जोशी नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन)द्वारा उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित भएका छन् ।

मंसीर १० र ११ गते काठमाडाैंमा आयोजित नेसनको तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पेपर प्रस्तुत गरी डा. जोशीले नेसनका उत्कृष्ट युवा न्युरोसर्ज अर्वाडबाट सम्मानित भएका हुन् ।

नेसनका अध्यक्ष डा. कृष्ण शर्मा र संस्थाका सचिव प्राडा. राजिव झाबाट ५० हजार सहित उत्कृष्ट युवा न्युरोसर्जनको प्रमाणपत्र हस्तानतरण गरे ।

डा. जोशी नेपाल मेडिसिटीको न्युरोसर्जरी विभाग अन्तर्गत न्युरोभास्कुलर, स्पाइन तथा स्कल बेस सर्जन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.