हिमालयन बैंककाे नयाँ शाखा रुपन्देहीकाे तिलोत्तमामा

  २०७८ मंसिर १२ गते १५:२९     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लामास्थित तिलोत्तमा नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएकाे छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंसिर १० गते शुक्रबारदेखि तिलोत्तमा नगरपालिकाकाे मणिग्राम शाखा सञ्चालनमा ल्याएको हाे ।

बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने जनाएकाे छ ।

यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ र ५००० भन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.