अष्ट्रेलियामा पनि देखियाे काेराेनाकाे नयाँ भेरियन्ट, के फेरि बन्द हाेला बाेर्डर ?

  २०७८ मंसिर १२ गते १४:२३     विकासन्युज

काठमाडौं । अष्ट्रेलियामा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ । अष्ट्रेलियामा आज (मंसिर १२ गते) मात्र दुई अफ्रिकी नागरिकमा यो नयाँ भेरियन्ट देखिएको हो ।

गत सोमबार मात्रै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाको सिमाना खोल्ने बारे घोषणा गरेका थिए । अष्ट्रेलियाले डिसेम्बर १ देखि सबै अन्तराष्ट्रिय विद्यार्थी लगायत सबै भिसा पाएकाहरुको लागि बाेर्डर खोल्ने निर्णय गरेको छ ।

तर पुन: नयाँ भेरियन्ट देखेपछि अष्ट्रेलियाले फेरी बोर्डर बन्द गर्ला कि भन्ने अर्को प्रश्न उठेको छ । धेरै देशहरुले आफ्नो बोर्डर खोल्दा अष्ट्रेलियाले भने २ वर्षदेखि सबै अन्तर्राष्ट्रिय यात्रुहरुको लागि आफ्नो बोर्डर बन्द राखेको थियो ।

अष्ट्रेलियामा नै अध्यन गरिरहेका विद्यार्थीहरु पनि बिदामा आफ्ना देश आएको बेला बोर्डर बन्द भएपछि २ वर्ष प्रवेश गर्न पाएका थिएनन् ।

काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पहिलाेपटक  दक्षिण अफ्रिकामा गत नाेभेम्बर २४ मा देखिएकाे थियाे । त्यसयता याे भेरियन्ट इजरायल, हङकङ, बाेटस्वाना देखिएकाे छ ।

हालसम्म अष्ट्रेलियाले यस नयाँ भेरियन्टबारे कुनै धारणा व्यक्त गरेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.