थप ४ स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

  २०७८ मंसिर १२ गते १२:४३     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम थप ४ वटा स्थानमा सम्पन्न भएकाे छ । सुनसरीको राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा इन्स्योरेन्सकाे कार्यक्रम सम्पन्न भएको छ ।

यस अन्तर्गत मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । सो कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए ।

यस्तै मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

साेही दिन मंसिर ८ गते वीरगञ्जको बीपीसी कलेजमा पनि बीमा जागरण सम्बन्धी कार्यक्रम संचालन भएको थियो । कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सो कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

एमबिबिएस, बिडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा महालक्ष्मी लाईफका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.