बाल्ट्राकाे सुनकाे सिठ्ठी जित्ने ३ विजेताकाे नाम घाेषणा

  २०७८ मंसिर १० गते १६:५९     विकासन्युज

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधरणको लागि ल्याएको बाल्ट्र बडा योजना अन्तर्गतको विजेता घोषणा गरेको छ ।

कम्पनीले उक्त योजनको पहिलो, दोस्रो र तेस्रो हप्ताको विजेता घोषणा गरेको हो ।  गोलापंथाबाट छानिएको पहिलो  विजेतामा काठमाडौंकी उन्नती श्रेष्ठ रहेकी छिन् । त्यसैगरी सुर्खेतकी इश्वरी विक र जितपुरको रामकुमारी सोनी दोस्रो र तेस्रो हप्ताको विजेता बन्न सफल बनेका छन् ।

उनीहरुले यस योजना अन्तर्गत २२ क्यारेटको ४ ग्राम नेट तौलको सुनको सिठ्ठी प्राप्त गर्नेछन् ।

यस याेजनामा सहभागी हुन ग्राहकहरुले बाल्ट्राकाे आधिकारीक विक्रेताबाट कुनै पनि सामान किन्नुपर्नेछ र त्यसपश्चात <BALTRA><VAT/PAN BILL NO><NAME> टाइप गरी ३४००१ मा एसएमएस गरी पठाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.