एनआईसी एशिया बैंकले पायाे आइएसओबाट प्रमाणपत्र

  २०७८ मंसिर १० गते १५:५४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं आइएसओबाट मान्यता प्राप्त आइएसओ २७००१: २०१३ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

आइएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई क्वालिटी अस्ट्रियासँग आबद्ध सर्टिफिकेसन एण्ड इन्फरमेसन सेक्युरिटी जिएमबिएचले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवं व्यक्तिगत जानकारी संकलन एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको जनाएकाे छ ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.